महत्त्वपूर्ण सूचना

वि.सं: साउन १८, २०८३

माननीय चेतनारायण आचार्य

मुख्यमन्त्री

९८५७०२८२३६

कृ्ष्ण प्रसाद काप्री

प्रमुख सचिव

9857004444

शम्भु प्रसाद मरासिनी

प्रदेश सचिव (प्रवक्ता)

९८५१०५८१७७

ऋषिदेव अर्याल

उपसचिव (गुनासो सुन्ने तथा सुचना अधिकारी)

9857075028

लुम्बिनी प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही,  कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । कुल१२ जिल्ला समावेश भएको लुम्बिनी प्रदेश अन्तर्गत तराईमा ६, पहाडमा ५ र हिमालमा १ गरी १२ जिल्ला रहेका छन्। । प्रशासनिक एकाईका रूपमा १०९ स्थानीय तह रहेको यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका  र ९८३ वडा रहेका छन्। । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ  । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०७८ बमोजिम यस  प्रदेशको कुल जनसंख्या ५१,२२,०७८ जनसंख्या रहेको देखिन्छ । जस मध्ये पुरुषको संख्या २४,५४,४०८ (४७.९२ प्रतिशत) र महिला २६,६७,६७०  (५२.०८ प्रतिशत) रहेको छ । यस प्रदेशको जनघनत्व २३० प्रति वर्ग कि मि रहेको र लैंगिक अनुपात ९२.०१ रहेको छ । यस प्रदेशको आफ्नै मौलिक विशषेता हुनुका साथै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन  । एसियाकै ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ ।  संविधानको अनुसूची -४ मा उल्लेख गरिएका सात वटा प्रदेश मध्येको यो प्रदेशको नाम लुम्बिनी प्रदेश हो  । मिति २०७७/०६/२० को प्रदेश सभाको निर्णयबाट यस प्रदेशको राजधानी राप्ती उपत्यका(देउखुरी) दाङ र नामाकरण लुम्बिनी प्रदेश कायम भएको छ ।

सूचना

नवराज उपाध्याय

वरिष्ठ अधिकृत (सामान्य प्रशासन)

ऋषिदेव अर्याल

उपसचिव (गुनासो सुन्ने तथा सुचना अधिकारी)

बोलपत्र आह्वानहरु

डाउनलोड

प्रकाशन

नीति तथा नियमहरु